भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख नजिक

नयाँ दिल्ली, कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ । म,हामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृ,त्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना सङ्क्रमणमुक्त बनेका छन् । योसँगै भारतभर कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख छ हजार ८२२ रहेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना सङ्क्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।