प्रदेश १ मा आज थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि,७ को मृ त्यु

विराटनगर, २४ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण भएको छ । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५,ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१, सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशी गाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमलगाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सुर्योदयमा १–१, धनकुटाको पाख्रिबास, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १, भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।