प्रदेश १ मा आज थप १ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि,५ को मृ त्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३–३, पाँचथर र भोजपुरमा २–२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७–७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १–१, झापाको विर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३, बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३–३, बा¥हदशीमा २, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनानएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।