भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो ।

अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हँुदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८८ हजार ५०८ रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ । थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ लाख ५११ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ८० हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३७ जनाको मृ,त्यु भएको छ भने अहिलेसम्म कूल मृ,तकको सङ्ख्या चार लाख २८ हजार ६८२ पुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।