प्रदेश १ मा आज थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि,१४ को मृ त्यु

विराटनगर, २७ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा ९, ते¥हथुममा ६, उदयपुरमा ३, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा, खोटाङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ६७, विर्तामोडमा ५०, अर्जुनधारामा १८, भद्रपुरमा १७, बा¥हदशीमा १५, कनकाईमा १४, मेचीनगरमा १३, शिवसताक्षीमा १२, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ६, गौरादहमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१, स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा ५५, बेलबारीमा ३६, उर्लाबारी र सुन्दरहरैचामा ११–११, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ३, लेटाङमा २, मिक्लाजुङ, जहदा, ग्रामथान, धनपालथान, केराबारी, रतुवामाई र कटहरीमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ३३, इटहरीमा ३०, इनरुवामा ५, बराहक्षेत्र, दुहवी र गढीमा १–१ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा १३ र पाख्रिबासमा १, इलामको चुलाचुलीमा ३, माईजोगमाईमा २, फाकफोकथुम, इलाम नगरपालिका, माई नगरपालिका र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ५ र लालीगुराँसमा १, उदयपुरको त्रियुगामा २ र बेलकामा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फालेलुङमा १, ओखलढुङ्गामा १, संखुवासभामा १, खोटाङमा १, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृ त्यु भएको छ । मृ तियु हुनेमा ४ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।