१६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, २७ साउन,एकै दिन आज तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् ।

नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ । हाल मृ,त्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । आज सङ्क्रमणर दर २४ प्रतिशत रहेको छ ।

यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियु), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । आज थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ सङ्क्रमितको सङ्ख्या पुगेको छ ।

उपत्यकामा ९४६ काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।