वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप
वाग्मती, ३१ साउन ,वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।
सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ । यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।
यो पनि पढ्नुहोस..
टीकापुर, कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दु,र्घटना हुँदा चालकको मृत्यु भएको छ । दु,र्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृ,त्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दु,र्घटना भएको हो । दु,र्घटनाबाट ग,म्भीर घाइते भएका चौधरीको लम्कीचुहा अस्पतालमा उपचारका क्रममा राति नै मृ,त्यु भएको जनाइएको छ ।


