प्रदेश १ मा आज थप ६६० जनामा कोरोना संक्रमण पुष्टि,१५ को मृ त्यु

विराटनगर, ३१ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ ।

१ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।
झापाको विर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बा¥हदशीमा ५–५, भद्रपुर र कमलगाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१, मोरङको सुन्दरहरैचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, बुढीगंगा र लेटाङमा १–१, सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह , दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र चुलाचुलीमा २–२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १–१, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र छथर जोरपाटीमा १–१, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ६ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖