रु २० लाख बराबरको स्वास्थ्य सामग्री महानगरपालिकालाई सहयोग

पोखरा ३१ साउन ,पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रमुख गुरुङले महानगरपालिकाले १३ अन्तर्राष्ट्रिय सम्बन्धमध्ये नौ चीनका विभिन्न शहरसँग भएको जानकारी दिनुभयो । विसं २०७४ पुस २६ गते महानगरपालिका र चीनको नानिङ शहरबीच भगिनी सम्बन्ध रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीले महामारी रोकथाम र नियन्त्रणमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नानिङ शहरका प्रमुखलाई धन्यावाद पत्र पठाउँदै कोरोना सहज भएपछि पोखरा भम्रणको आमन्त्रण गरिने बताउनुभयो । महामारी नियन्त्रणमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाउँदै उहाँले प्राप्त सामग्रीलाई आवश्यकताका आधारमा अस्पताललाई वितरण गर्ने जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष भट्टराईले उक्त शहर चीनको नमूना शहर भएको जनाउँदै भगिनी सम्बन्ध स्थापित शहरको साथ र सहयोगले आगामी दिनमा पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य सामग्री अन्तर्गत पाँच अक्सिजन कन्सन्टेटर मेसिन, मेडिकल मास्क २० हजार थान, पिपिइ सेट ५०० थान, मेडिकल पञ्जा पाँच हजार प्राप्त भएको छ ।

रेवानका उपाध्यक्ष नरेश भट्टराईले चीनका विभिन्न शहरसँग भएको भगिनी सम्बन्धले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको जनाउँदै कोराना रोकथाम र नियन्त्रणमा प्राप्त स्वास्थ्य सामग्रीले उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा चाइना ओभरसिज एशोसियशनका अध्यक्ष चाङ र सचिव साङसावो (सन्देश), महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖