प्रदेश १ मा आज थप ६९२ जनामा कोरोना संक्रमण पुष्टि,२१ जनाको मृ त्यु

विराटनगर, ३२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बा¥हदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहवीमा १–१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र शहिदभूमीमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सुर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्वुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५८ महिला र २३५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा २१ ज्नाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।