धनकुटा अस्पतालमा भेन्टिलेटर सञ्चालनका लागि बिशेषज्ञ सहितको चिकित्सक तत्काल पठाउने स्वास्थ्य मन्त्री श्रेष्ठको आश्वासन

काठमाण्डौ । स्वास्थ्य मन्त्री उमेश श्रेष्ठ समक्ष धनकुटा अस्पतालमा भेन्टीलेटर सञ्चालनका लागि दक्ष विशेषज्ञ डाक्टर सहितको चिकित्सक पठाउन माग गरिएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री सुनिल वहादुर थापा सहितको प्रतिनीधि मण्डलले स्वास्थ्य मन्त्रालयमा पुगी स्वस्थ्य मन्त्री समक्ष त्यस्तो माग गरेका हुन् ।

कांग्रेसका सहहामन्त्री थापा सहित पार्टीका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले हस्ताक्षर गरी अस्पतालको भेन्टिलेटर सञ्चालनका लागि दक्ष विशेषज्ञ डाक्टर सहितको चिकित्सक टोलि र सवै जनतालाई पुग्ने खोप पठाउन स्वास्थ्य श्रेष्ठ र महाशाखा प्रमुख मदन उपाध्यायलाई बुझाएका हुन् ।

टोलिमा नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य आनन्द सन्तोषी राई,धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व सभापती राजेश्वर वहादुर श्रेष्ठ ,यूवा नेता मदन घिमिरे,नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष विगेन्द्र याक्खा लगायतको सहभागीता थियो ।

प्रतिनीधि मण्डलले स्वास्थ्य श्रेष्ठ र महाशाखा प्रमुख उपाध्यायलाई धनकुटामा क्रियाशिल सत्ता गठबन्धनको निर्णय अनुसार जिल्लाका लागि तत्काल कोरोना विरुद्धको १ लाख ७० हजार खोप उपलब्ध गराउन तथा जिल्ला अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय वेडको वनाउन, धनकुटामा मेडिकल कलेज स्थापनाका लागि पहल गरिदन समेत माग गरेको छ ।

भेटको क्रममा स्वास्थ्य राज्य मन्त्री श्रेष्ठ र महाशाखा प्रमुख उपाध्यक्षले कोरोना विरुद्धको खोप तत्काल पठाउने र तत्काल आई सि यू सञ्चालन गर्ने जनशक्ति एनेस्थिसियन सहित विशेषज्ञ चिकित्सक सहित अन्य चिकित्सकहरु भदौ भरीमा पठाउने र अन्य मागहरु समेत सम्बोधन गर्ने आश्वासन दिएको कांग्रेस जिल्ला सचिव राईले जानकारी दिनुभयो ।

त्यस्तै धनकुटा जिल्ला अस्पतालमा कोशी पहाडी जिल्लाका विरामीहरुका लागि समेत उपचारमा सहयोग पुग्नेगरी भेन्टीलेटर सहित १० वेडका आई सि यू स्थापना भएपनि सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले तत्काल आई सि यू सञ्चालन गर्ने जनशक्ति एनेस्थिसियन सहित विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन समेत नेपाली कांग्रेस धनकुटाको टोलीले माग गरेको छ ।

जिल्लाको सात वटा पालिकाहरुको अस्पतालहरु मध्ये धनकुटा नगरपालिका र छथरछोरपाटी गाउँपालिका अस्पतालमा मात्र हाल डाक्टर कार्यरत रहेको र बाँकी पालिकाहरुको अस्पतालहरुमा तत्काल डाक्टरको व्यवस्था गर्न, सबै पालिकाका अस्पतालहरुलाई कम्तिमा १५ वेडको अस्पतालमा स्तरोन्नति गरी साधन स्रोत सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पनि माग गरेको छ ।

टोलीले साँगुरीगढी गाउँपालिका ५ स्थित डाँडाबजारमा अवस्थित अस्पताललाई पनि कायम राख्दै आहालेमा समेत अस्पताल स्थापना गर्न माग गरेको छ भने नेपाल नेत्रज्योती संघ धनकुटाले सञ्चालन गरेको डा रामप्रसाद आँखा अस्पताललाई थप साधन स्रोत उपलब्ध गराई सुविधा सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुको लागी गुणस्तरीय सेवा प्रदान गर्नका लागी सहयोग गर्न समेत लिखित माग गरेको छ ।

धनकुटा नगरपालिकाको वडा नं १ को हिले बजारमा नगर स्तरीय अस्पताल स्थापना गर्न र धनकुटामा कोरोना भाईरस महामारीको रुपमा तीव्र रुपमा फैलदै गएकाले धनकुटाका सवै स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री यथाशीघ्र उपलब्ध गर्न समेत माग गर्दै टोलीले माग पत्र पेश गरेको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।