थप तीन हजार २७४ मा सङ्क्रमण पुष्टि,२७ को मृ त्यु

काठमाडौँ, १ भदौ । देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार २७४ मा कोरोना भा इरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ । पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ ।

थप २७ को मृ त्यु

हालसम्म कोरोनाबाट मृ त्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृ त्यु दर १.५ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।