नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ, २ भदौ । त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो ।

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उहाँले बताउनुभयो । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।(रासस)

वर्षायाममै खानेपानीको चरम अभाव

– लक्ष्मी गारु, भादगाउँ, २ भदौ (रासस) ः
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले पानी वितरणमा विभेद गर्दा वर्षायाममा पनि भक्तपुर नगरपालिकाका केही स्थानमा खानेपानीको चरम अभाव देखिएको छ । केयुकेएलले नगरका केही स्थानमा दिन बिराएर पानी वितरण गर्दै आए पनि केही स्थानमा पाँच दिनको एकपटक, कतै हप्तामा एक दिन र कतै तीन हप्तामा एक दिन पानी वितरण गर्दै आइरहेको छ ।

पानी वितरणमा यसरी विभेद गर्दा भक्तपुर–४ र ५ का विभिन्न टोलमा खानेपानीको चरम अभाव देखिएको हो । “तीन हप्ता भयो धारामा पानी आएको छैन । सबै ठाउँमा आउने हामीकहाँ मात्र नआउने भन्ने नि हुन्छ रु कति किनेर खानु रु”, भक्तपुर–४ की हीरादेवी श्रेष्ठले प्रश्न गर्दै भन्नुभयो, “गत सातामै धारा खोल्नुपर्ने अहिलेसम्म आएको छैन । आज त धारा खोल्न आउँछ कि भनी आशैआशमा कति बस्नु धारा कुरेर रु”

चुनावमा भोट माग्न आउँदा सबै समस्याको समाधान गर्ने वाचा गर्ने जनप्रतिनिधिले दैनिक अतिआवश्यक खानेपानीको व्यवस्था गर्न चासो नदिएको उहाँले गुनासो गर्नुभयो । “कहाँ भन्न जाऊ खानेपानीको कार्यालय गए आज हाकिमसा’ब आउनुभएको छैन भन्छन् । अरु सबै ठाउँमा समयमै पानी आउने । हामीकहाँ मात्र नआउने । पानीमै पनि विभेद गर्छन् । पानी नपठाएपछि शुल्क पनि नलिनु नि । शुल्क भने समयमा तिरेन भने कर भार बोकाउने । यस्तो पनि हुन्छ रु”, उहाँले भन्नुभयो ।

त्यसैगरी भक्तपुर–५ की मायादेवी लोहलाले धारामा पानी आउँछ कि भनी कुर्दाकुर्दा दिनै बित्ने गरेको दुःखेसो पोख्नुभयो । “धारामा पानी आउने ठेगान छैन । आज आउँछ भोलि आउँछ भन्दाभन्दै तीन हप्ता भइसक्यो । पानीको समस्याले अरु काम नै लथालिङ्ग भइसक्यो”, उहाँले भन्नुभयो ।

वर्षायाममा पनि सार्वजनिक इनारमा पानी नहुँदा थप अभाव भएको उहाँले बताउनुभयो । “वर्षायाम भए पनि इनारमा समेत पानी छैन । यो टोलमा धेरै पानीको समस्या छ, सबैले इनारको पानीमा भर पर्नुपर्छ । इनारमा पनि पानी छैन । पानीको समस्या बढ्न थालेपछि टोलका दुई–तीन घर मिलेर ट्याङ्करको पानी किनेर दैनिक गुजारा चलाउनुपरेको छ । किनेर कति साध्य रु”, उहाँले भन्नुभयो ।

केयुकेएलको लापरवाही र अनियमितताका कारण पनि नगरका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको बताइएको छ । बढ्दो खानेपानीको समस्याले सार्वजनिक ढुङ्गेधारा, इनार र पोखरीमा लुगा धुने पानी लिन आउनेको निकै चाप बढेको छ । हप्तौँसम्म धारामा पानी नपठाए पनि सम्बन्धित निकायलाई केही वास्ता नभएको जनगुनासो छ । नगरका इताछें, वंशगोपाल, भार्वाचो, तौमढी, पोटरीस्क्वायर, घट्खालगायतका ठाउँमा नियमित पाँच दिनमा एक दिन धारा आउँछ । नगरकै आर्दश, खँल्ला, दोगनमा भने तीन हप्तामा एक दिन पनि पानी आउँदैन ।

नगरका खँल्ला, दोगन, देउला टोलमा आउने पानी कटौती गरी अन्यत्र पठाउने गरेका कारण ती टोलमा पानीको चरम अभाव देखिएको हो । केयुकेएलका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने, “सबैतिर पाँच दिनमा एक दिन पानी वितरण गर्नुपर्ने हो । तौमढीस्थित केही गेष्टहाउससँगको मिलेमतोमा चाबी नै उनीहरुको जिम्मा दिइराखेको छ । पानी आउने बेला बन्द गरिदिने गरेका कारण तौमढीदेखि तल्लो खँल्ला, दोगनटोलतिर पानी नआएको हो । यसमा कार्यालयकै कर्मचारीको हात छ ।”

नगरका अन्य टोलमा पाँच दिनको एक दिन पानी आउने पालो भए पनि नगरका ४ र ५ वडामा दुई हप्तामा एकपटक पानी पठाइने गरिएको छ । सो पानी पनि कटौती गरी नगरका अन्य ठाउँमा पठाउने गरेकाले ती स्थानमा चरम अभाव देखिएको स्थानीयवासीको भनाइ छ । केयुकेएलको शाखा कार्यालयले नगरलाई दुई भागमा विभाजन गरी बोडे पानी प्रशोधन केन्द्र र मुहान पोखरी स्रोत केन्द्र नगरकोटको पानी वितरण गर्दै आइरहेको छ ।

वर्षायाम होस् या सुक्खायाम, बोडेबाट भक्तपुर नगरमा दैनिक तीन घण्टा पानी पठाउने गरेको कार्यालयले जनाएको छ । नगरका सबै ठाउँमा पाँच दिनको एक दिन दुई घण्टा पानी वितरण गरिरहेको कार्यालय प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले जानकारीदिनुभयो । “नगरको टौमढीदेखि पश्चिम भेगमा बोडेको पानी पाँच दिन बिराएर र पूर्वी भागमा मुहान पोखरीको तीन दिन बिराएर वितरण गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले नगरमा पानीको अभाव हुने समस्या अहिलेको नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अहिलेको मात्र समस्या होइन वर्षौँ पुरानो हो ।” यसको दीर्घकालीन समाधानका लागि नगरका दुई स्थानमा ट्युबवेल खने पनि पानी पिउनयोग्य नभएपछि वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । “बढ्दो पानीको समस्या निराकरणका लागि दुईवटा डिप ट्युबवेल खने पनि पानीमा माटोको मात्रा बढी भएका कारण वितरण गर्न सकिएन”, उहाँले भन्नुभयो । उहाँले नगरका ४ र ५ वडामा पानी वितरणमा भएको अनियमितताका बारेमा अनुसन्धान गर्ने कर्मचारी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।