बिर्तामोडबाट ब्रा’उन सु’गर सहित ४ जना पक्राउ
झापा, भदौ २ । झापाको बिर्तामोडको दुई स्थानबाट ला’गूऔ’षध ब्रा’उन सु’गर सहित ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई ला’गूऔ’षध ब्रा’उन सु’गर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपाने स्थितबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई ला’गूऔ’षध ब्रा’उन सु’गर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।


