‘भ्वाइस अफ नेपाल’ का फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

बुटवल, ३ भदौं । भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित गायिका मञ्जु पौडेल, क्लबका अध्यक्ष रामकुमार क्षेत्री, गायक बसन्त श्रेष्ठले टिका र खादा लगाई सम्मान गरेका हुन् ।

सो अवसरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले कोसिस जारी रहेपनि फाइनलसम्म जित्न नसकेको बताएका छन् । उनले हजारौं नेपालीको साथ रहँदा पनि अन्तिमसम्म पुग्न नसेको प्रति शुभचिन्तकहरुसँग माफि मागेका छन् । उनले भने, भ्वाइस अफ नेपालको अन्तिमसम्म पुग्ने चाहाना थियो । कोशिस गरे तर पुग्न सकिन । उनले भ्वाइस अफ नेपालमा लुम्बिनी प्रदेशबाट पहिलो पटक फाइलिष्टसम्म पुगेको गर्व लागेको स्पष्ट पारे ।

पुनले आफूलाई ट्रफिको लोभ नभएपनि परिवार र शुभचिन्तकको लागि अन्तिमसम्म प्रयास गरेको दाबी गरे । उनले आफ्ना शुभचिन्तकहरुलाई निरास नहुन आग्रह गर्दै आफुले छिट्टै आफ्ना सिर्जनाहरु संगितको मार्फतबाट बाहिर ल्याउने बताए । यस्तै, कार्यक्रममा संगितकार सुरेश सेञ्चुरीले राज्यले संगितलाई वेवास्ता गरेको बताए । उनले देशका तीनै तहका सरकारबाट संगितलाई प्राथमिकता नदिएको प्रति दुःख व्यक्त गरे ।

सेञ्चुरीले समाजमा रहेका हरेक विषयवस्तुलाई संगितकोमार्फत उजागर गर्ने कलाकारहरु नै पीडित अवस्थामा परेको बताए । उनले कलाकारहरुलाई कतैबाट पनि हौसला नभएको दुख व्यक्त गरे । उनले भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनले पश्चिम क्षेत्रकै गौरव राख्न सफल भएको भन्दै प्रसशां गरे ।

नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगरले राज्यबाट संगित क्षेत्र हेपिएको बताए । उनले खुबी हुँदाहुँदै पनि आर्थिक अवस्थाले गोविन पुन पछाडि परेको दुखेसो गरे । सो अवसरमा चर्चित गायिका मञ्जु पौडेल, गायक बसन्त श्रेष्ठ लगाएतले गोविन पुनको प्रशंसा गरेका थिए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।