निर्वतमानमन्त्री आलेद्वारा उपचारका लागि सहयोग

डोटी, ४ भदौ (रासस) : निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घा इते भएकी मनिषा भण्डारीलाई रु १० हजार उहाँले सहयोग गर्नुभएको छ ।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुग्नु भई सहयोग गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।