प्रदेश १ मा आज थप ७६९ जनामा कोरोना संक्रमण पुष्टि,८ को नि’धन

विराटनगर, ४ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

१ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३–३, मिक्लाजुङ र रतुवामाईमा २–२, कटहरी र केराबारीमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहवी र बर्जुमा १–१ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २–२, फाकफोकथुममा १, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १–१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।