प्रदेश १ मा आज थप ४७९ जनामा कोरोना संक्रमण पुष्टि,१३ जनाको मृ त्यु

विराटनगर, ५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, भोजपुरमा १ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३२, लेटाङमा १२, बेलबारीमा ११, पथरीशनिश्चरेमा ५, केराबारीमा ४, सुन्दरहरैचा र उर्लाबारीमा ३–३, रंगेलीमा २, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ३६, धरानमा २२, दुहवी, इनरुवा र बराहक्षेत्रमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३०, भद्रपुरमा ७, कमल गाउँपालिकामा ३, मेचीनगरमा २, शिवसताक्षी, गौरादह, विर्तामोड, अर्जुनधारा र कचनकवल १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास र शहिदभूमीमा १–१, इलामको इलाम नगरपालिका, मांसेबुङ, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २ र भोजपुरको भोजपुर नगरपालिकामा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृ त्यु भएको छ ।

मृ त्यु हुनेमा ३ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।