उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए ,देशभर २४ घन्टा मा कति थपिएत नया सङ्क्रमित ?

काठमाडौँ, ६ भदौ । काठमाडौँ उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भा,इरसका ५६६ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यो पनि पढ्नुहोस

काठमाडौँ,पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २४८ सङ्क्रमित निको भएका छन् । हालसम्म छ लाख ९८ हजार १७३ जना कोरोनाबाट मुक्त भएका छन् । निको हुने दर ९३ दशमलव चार प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ ।

बितेका २४ घण्टमा देशभर १८ हजार ३२२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६८१ सङ्क्रमितको सघन उपचारकक्षमा तथा १६९ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

थप २४ सङ्क्रमितको मृ,त्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृ,त्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖