धनकुटा कांग्रेस प्रतिनिधिमण्डले दुई सहमहामन्त्री संग काठमाण्डौमा परामर्श
धनकुटा । नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डमले नेपाली कांग्रेसका दुई सहमहामन्त्री महत र थापालाई आज काठमाण्डौमा भेटघाट गरी आगामी महाधिवेशन लगायत विविध विषयहरुमा परार्मश गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्य निलम थापा लगायतका नेताहरुले आज काठमाण्डौमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री डा.प्रकाश सरण महतसंग भेटघाट गर्दै आगामी महाधिवेशनको वारेमा छलफल गरेका छन । आगामी महाधिवेशनमा डा. प्रकाशसरण महतले महामन्त्रीमा उम्मेदवारी दिने हुनु भएको छ ।
यसैगरी नेपाली कांग्रेस धनकुटाको टोलीले आजै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापासंग भेटघाट गरी धनकुटाका जनातालाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने लगायत विविध विषयहरुमा छलफल गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती अग्नी प्रसाद पौडेल,जिल्ला सचिव विजय सन्तोषी राई,धनकुटा काठमाण्डौ सम्पर्क समितिकका सभापती भीम थापा,महाधिवेशन प्रतिनिध उदय लिम्बु, जिल्ला सदस्य निलम थापा,नेपाली कांग्रेसका नेताहरु श्रीचापागाई,मदन घिमिरे,सूर्य अधिकारी,तिर्थ अधिकारी नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती सविन पोखरेल लगायतका नेताहरुको टोलीले भेटघाट गरी सहमहामन्त्री थापासंग परार्मश गर्नु भएको थियो ।
सो अवसरमा धनकुटाको टोलीले सहमहामन्त्री तथा पूर्व मन्त्री थापालाई धनकुटामा कोरोना विरुद्धको खोप १ लाख ७३ हजार उपलब्ध गराउन र स्वास्थ्य सेवा धनकुटामा प्रभावकारी रुपमा संचालनका लागी विशेषज्ञ स्वास्थ्य कर्मीहरुको व्यवस्था गर्न पहल गर्न अनुरोध गर्नु भएको थियो ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले कोरोना विरुद्धको खोप धनकुटा सवै जनतालाई पुग्ने गरी आउने सवै स्वास्थ्य संस्थाहरु र वडा वडामा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउने समेत वताउनु भयो ।


