औषधि व्यवसायी हरिमोहनले गरे ९० औं पटक रक्तदान

विराटनगर । विराटनगर मेनरोडका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ९० औं पटक रक्तदान गरेका छन् । सोमबार विराट अस्पतालमा उपचारत मोरङ उर्लाबारीका सञ्जय माझीका लागि उनले रक्तदान गरेका हुन् ।

आइतबार राति उर्लाबारी-४ वरगाछीमा भएको मोटरसाइकल दुर्घटनामा परि माझीको अस्पताल भर्ना गरिएका उनको करङ भा“चिएर छातिमा रगत जमेको र शल्यक्रियाका लागि ए पोजेटिभको ताजा रगत आवश्यक भएको डाक्टरले भनेका थिए । त्यसैले ए पोजेटिभ भएका श्रेष्ठले रक्तदान गरेको विरामीका दाजु भोलानाथ माझीले बताए ।

श्रेष्ठले तीन-तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउँसो राति केही नभनी रगत दिंदै आएका छन् । यसअघि पनि उनले बैशाख १९ गते खोटाङ चिसापानीकी उर्मिला राईका लागि उनले रक्तदान गरेका थिए । यस पटक तीन महिना पुग्नसाथ रक्तदान गर्न खोजेपनि कोरोना खोप लगाएको २४ दिनपछि मात्र पाइने भएपछि ढिलो गरी रक्तदान गर्नु परेको बताए । कम्तीमा एक सय पटक रगत दिने रहर रहेको श्रेष्ठले बताए ।

विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा केएन ठाकुरको कीर्तिमान छ । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६६ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले आफ्नो रक्तदानको ३४ औं वार्षिकोत्सव मनाउ“दै शुक्रबार १९९ पटक रक्तदान गरेका हुन् । यस अवधिमा उनले दिएको रगत ५ सय ९७ जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।