नवजात शि’शुको ह’त्या गर्ने आमा पक्राउ
बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शि’शुको ह’त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शि’शुको घाँटी नि’मोठेर ह’त्या गरेकी हुन् ।
अ’वैध सम्बन्धबाट ग’र्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी नि’मोठेर ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । घर नजिकैको मकैबारीमा शि’शु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शि’शुको घाँटी नि’मोठेर ह’त्या गरेको बताइएको छ ।
माधवीले नवजात शि’शुको ह’त्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् । (रासस)


