नदी कटानले ६६३ घरधुरी जोखिममा, रातभर जाग्राम बस्नुपर्ने अवस्था

तनहुँ, ९ भदौ । गत आइतबारदेखि परेको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन् ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन् । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । नदी कटानका कारण त्यस क्षेत्रका करिब एक दर्जन सङ्घसंस्था धरापमा परेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको क्षति हुने देखिएको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामका लागि पहल गर्ने आश्वासन दिनुभएको टोल विकास संस्थाका सचिव तेजबहादुर नेपालीले जानकारी दिनुभयो । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।