प्र’तिबन्धित औ’षधी सहित १ जना पक्राउ
मोरङ, भदौ ९ । मोरङ विराटनगर महानगरपालिका १२ बखरी स्थितबाट प्र तिब न्धित औ षधी सहित १ जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् ।
हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई भारतको जोगवनीबाट EFFIKEX ५ कार्टुन ( प्रति कार्टुन ७२ पिस, MICROSHOT १ कार्टुन (१८ पिस) , N-BIMELOX ७ कार्टुन ( प्रति कार्टुन ७२ पिस) प्र तिब न्धित औ षधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका अलीलाई आज औ षधी सहित आबश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाईएको छ ।


