औषधी उपचारमा संलग्न १० जना विचौलीया पक्राउ
मोरङ । औषधी उपचारमा विभिन्न वहाना गरिदै विचौलिया काम गरिने १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी “यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन” भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने उक्त ब्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत प्रहरीले अनुरोध गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी दुहवी ६ बस्ने बर्ष ५४ को श्रीराम चौधरी, सिरहा-२ बस्ने बर्ष २० को सुर्य नारायण यादव ,मोरङ कटहरी गाउँपालिका वडा नं.-३ बस्ने बर्ष ४२ को मो.जलिद, मोरङ विराटनगर महानगरपालिका वडा नं.-७ बस्ने बर्ष १८ को विश्वास मण्डल ,सोही नपा १४ बस्ने बर्ष २३ को रोशन गुप्ता,नजा ४ बस्ने बर्ष १९ को सुजित यादव,वडा ५ बस्ने बर्ष २२ को फिरोज रोय,बर्ष २१ को समिर खान,बर्ष १८ को सरोज खान र वडा ३ बस्ने बर्ष १८ को अमित यादव रहेका छन् ।


