प्रधानमन्त्रीसँग नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले बजेट माग

खोटाङ, ११ भदौ ।नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार ं कांग्रेस सभापतिसमेत रहनुभएका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो ।

ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्लाको पाथेका–शनिबारे–बालाबेँसी–तापखोला पक्की सडक पुल (डिपिआर भइसकेको), दिक्तेल–अल्छेढुङ्गा–नेर्पा–दोर्पाचिउरीडाँडा–दोबेला हुँदै डाँडागाउँ–चखेवा सडक स्तरोन्नति तथा पक्की पुल निर्माण, पाथेका–शनिबारे–खार्ताम्छा–फेदी सडक स्तरोन्नति, ऐंसेलुखर्क–बाकाचोल–देउराली हुँदै सोलुखुम्बु जोड्ने सडक (डिपिआर भइसकेको), सिमेडाँडा–दिक्तेल–चुप्ला हुँदै नुनथला–बुइपा स्तरोन्नतिका लागि बजेट माग गरेको छ ।

यस्तै याम्खाबाट रमिते–गाईखाने हुँदै रिभ्यू स्कूल सडक स्तरोन्नति, खोटाङ बजारबाट बडका–सावाकटहरे–लिकुवापोखरी हुँदै पामाखाम भञ्ज्याङ भोजपुर सडक स्तरोन्नति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा थापागाउँबाट विद्योद्धय मावि हुँदै रकु–साल्मे–रतन्छा सडक निर्माण स्तरोन्नति, चिसापानी धाप्लाङ ग्रामीण सडक सुधार योजना, उदयपुर र खोटाङ जोड्ने पक्की पुल निर्माण, रसुवा–सिम्पानी–पानधारे सडक सुधार योजना, सिम्पानी–इन्द्रेणीपोखरी–चिप्रिङ–छितापोखरी ग्रामीण सडक सुधार योजनाका लागि आवश्यक बजेट विनियोजन गरिदिन प्रधानमन्त्री देउवासमक्ष माग गरिएको सो टोलीले जनाएको छ ।

ध्यानाकार्षण टोलीले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, राजकुलो सिँचाइ योजना–बाँझेडाँडागाउँ (डिपिआर सम्पन्न), बराहपोखरी गाउँपालिका–३ साउनेचौरस्थित साउने साठी कुलो सिँचाइ योजना (डिपिआर सम्पन्न), बाम्राङस्थित साँघु खोला–झिसेपु–नेवागाउँ सिँचाइ कुलो योजना, फाक्टाङको बेतुवास्थित दिहुँखोला मुहान गरी सिम्पानी–लिच्कीराम्चे खानेपानी योजना, कपुवाखोला मुहान गरी बेतुवा सिँचाइ योजना, लपुवाखोला मुहान गरी लामीडाँडा टप्पु सिँचाइ योजना, फाक्टाङस्थित टप्पु भञ्ज्याङखर्क र पाने खोला–मार्ला हुँदै बेतुवा सिँचाइ योजना, फाक्टाङका लागि प्रधानमन्त्रीसमक्ष बजेट माग गरेको टोली संयोजक राईले जानकारी दिनुभयो ।

संयोजक राईका अनुसार जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा आदिवासी जनजाति सङ्ग्रहालय भवन निर्माण गर्न, दिप्लुङमै पर्ने भानुमति मन्दिर तथा पर्यटन क्षेत्र सुधार र जन्तेढुङ्गा पर्यटन क्षेत्र सुधार योजनाका लागि समेत प्रधानमन्त्री देउवासमक्ष आवश्यक बजेट माग गरिएको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।