नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात

बाँके, ११ भदौ । नेपालगञ्ज नाकाबाट एक वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाख बराबारको गेडागुडी आयात भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा रु एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो ।

यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हँुदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा रु ८९ करोडको चामल आयात भएको छ । आव ०७६÷७७ भन्दा यो झण्डै रु २९ करोडभन्दा बढी हो ।

आव ०७७÷७८ मा रु ८८ करोड ९८ लाख ४२ हजार ९६ को ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारीदिनुभयो । उहाँका अनुसार आव ०७६÷७७ मा रु ६० करोड १० लाख १५ हजार १४४ बराबरको आयात भएको थियो । आव ०७५÷७६ मा रु ४९ करोड ७१ लाख १५ हजार आठ सय १३ को चामल आयत भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उहाँले बताउनुभयो । आव ०७६÷७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो । “पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार गत आवमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६÷७७ को तुलनामा धेरै हो । उक्त आवमा रु एक अर्व ४४ करोड ६२ लाखको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा रु ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आव ०७६÷७७ मा रु ४१ करोड ९३ लाखका क्लिङकर आयात भएको थियो । “सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,” कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ ।”

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।