भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार रु एक खर्ब ५० अर्ब बढीको आयात

काठमाडौँ, ११ भदौ ।चालू आर्थिक वर्षको पहिलो महिनामा साढे एक अर्ब बढीको आयात गरिएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालू आव (२०७८÷०७९) को पहिलो महिनाको तथ्याङ्कअनुसार रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो ।

गत आव २०७७÷०७८ को पहिलो एक महिना रु ८५ अर्ब ८० करोड ७९ लाख बराबरको आयात गरिएको थियो । सो अवधिका तुलनामा चालू आवमा ७५.६६ प्रतिशतले आयातमा वृद्धि भएको हो ।

यस्तै चालू आवको पहिलो एक महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । अन्य आवका तुलनामा चालू आवको एक महिनामा निर्यातमा उच्चरुपमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरका स्वदेशी सामग्री निर्यात गरिएको थियो । तथ्याङ्कअनुसार गत वर्षको तुलनामा निर्यात् ११५.८५ प्रतिशतले बढेको हो ।

गत आव २०७७÷०७८ को पहिलो एक महिनाको तुलनामा चालू आवको पहिलो एक महिनामा निर्यातसँगै आयातमासमेत वृद्धि भएको छ । त्यस्तैगरी नेपालले साउनमा मात्रै रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा रु ७६ अर्ब १८ करोड ७९ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो । गत वर्षको तुलनामा चालू आवमा ७०.५९ प्रतिशतले व्यापार घाटा बढेको हो ।

सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात

विभागले सार्वजनिक गरेको एक महिनाको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै आयात हुने सामग्रीको उच्च स्थानमा पेट्रोलियम पदार्थ रहेको छ । एक महिनामा रु १८ अर्ब १३ करोड बढीको पेट्रोलियम पदार्थको आयात भएको छ ।

आयातको उच्च स्थानमा रहेको तेल निर्यातको पहिलो स्थानमा रहेको छ । नेपालमा तेस्रो देशबाट तेलका लागि आवश्यक कच्चापदार्थ आयात गरी नेपालमा प्रशोधन गरी पुनःतेस्रो मुलुक पठाइने गरिएको छ । एक महिनामा नेपालबाट रु ११ अर्ब ९३ करोड बढीको तेलजन्य वस्तुको निर्यात गरिएको छ ।

एक महिनाका अवधिमा १०२ देशबाट रु एक अर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको छ । तथ्याङ्कअनुसार एक महिनाको अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट रु ८९ अर्ब ४८ करोड ६३ हजार बराबरको आयात भएको छ । भारतपछि ठूलोमात्रामा आयात चीनबाट भएको छ । चीनबाट एक महिनामा रु २० अर्ब ९७ करोड ६६ लाख बराबरको आयात भएको छ । एक महिनाको अवधिमा भारतमा रु १६ अर्ब ८३ करोड ६९ लाख र चीनमा रु आठ करोड बराबरको निर्यात भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।