राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १२ भदौ ।गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिनुभएको छ विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उहाँले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गर्नुभयो ।

मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गर्नुभयो ।

अविरल वर्षापछि बा,ढी, प,हिरो र डु,बानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गर्नाका साथै प्रजिअहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖