स्वास्थ्य सामाग्रीको विषयमा एमालेले फैलाएको अफवाहले मलाई थप उर्जा मिल्यो : थापा

भाद्र १२, धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका १ हिलेमा वडा कार्यलय उद्घाटन गरेको छ । उस्ले आज एक कार्यक्रमको वीच हिले न्युरोडमा स्थापित वडा कार्यलय उद्घाटन गरेको हो । कार्यलय उद्घाटन पछि सञ्चालित समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्रि तथा पार्टीका सह-महामन्त्री सुनिल बहादुर थापाले कोभिड संक्रमण नियन्त्रणका लागि लक्षित गरेर ल्याईएको स्वास्थ्य सामाग्रिको विषयलाई लिएर एमाले धनकुटाले फैलाएको अफवाहले आफुलाई थप उर्जा मिलेको वताउनु भएको छ ।

एमालेले फैलाएको सो अफवाह शहर पसेर स्याल कराए जस्तै भएको टिप्पणी समेत गर्नुभयो । उहाँले यदि सूर्यबहादर थापा फउण्डेशनले ल्याएको स्वास्थ्य सामाग्रिमा सरकारको कुनै रकम परेको संविधान अनुसारको सजाय भोग्न आफु तयार रहेको उल्लेअ पनि गर्नुभयो । पूर्वमनत्री समेत रहनुभएका थापाले आफ्नो पिता सुर्य बहादुर थापाले धनकुटालाई दिएको अभिभावकत्व जुन थियो त्यो आफुले पनि दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पार्टीको महाधिवेशनको विषयमा उहाँले केन्द्रको नेताको अनुहार नहेरि आफ्नो स्थानिय तहको नेतालाई साथ दिनुहोस् भन्नु भन्नुभयो ।

उहाँले अहिलेको सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन लक्षित नभई सांषद पूर्ण काल सम्म चलोस् भन्ने उदेश्यले ल्याईएको स्पष्ट पर्नुभयो । सह-महामन्त्री थापाले सैद्धान्तिक पक्षलाई समेटेर आफु कांग्रेसमा प्रवेश गरेको समेत स्पष्ट पार्नुभयो । पार्टीका जिल्ला सभापति अग्निप्रसाद पौडेलले प्रतिपक्षि मजबुद भएको देख्ने कांग्रेसको सिद्धान्त नै रहेको स्पष्ट पार्दै प्रतिपक्षिलाई कांग्रेसले कहिल्यै सत्रु नठान्ने बताउनुभयो । उहाँले रोग,भोक र अशिक्षाबाट जनतामाथि उठे भने पार्टी चल्दैन भन्ने कम्युनिष्टहरुले ठान्ने गरेको भन्दै यस्ता कुराको विकास नगरि उनिहरु जनतामाथि शासन गर्न खोजिरने उहाँको भनाई छ ।

त्यस्तै पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले कम्युनिष्टले सरकार चलाउदा गरेको जनविरोधि काम रभ्रष्टचारको कांग्रेसले भण्डाफोर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभन्न पालिका मेयर अध्यक्ष तथा वडाध्यक्षले अफु खुशी आफन्तलाई काममा राखेको आरोप लगाउदै यसको विरोध कांग्रेसले गर्ने उल्लेख गर्नुभयो । उहाँले गधाको भारी बोकाले थाम्न नसके जस्तै गरि कम्युनिष्ट सरकारले दुईतिहाई नजिकको सरकार थाम्न नसकेर सरकारबाट पतन हुनुपरेको टिप्पणी गर्नुभयो ।

सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै सरकारबाट बाहिरएपछि कम्युनिष्ट नेताले एकअर्का वीच आ–आफ्नो तुच्छ टिकाटिप्पणी गरेर पोल खोलाखोल गरेको उल्लेख गर्नुभयो । त्यस्तै पार्टीका जिल्ला सहसचिव सीता प्रधानले अहिलेदेखी नै केही स्थानिय तहका प्रमुखले आफुलाई चुनावमा सहयोग गर्नुपर्छ भन्दै वृद्धवृद्धाहरुलाई पैसा दिएको पाईएको खुलासा गर्दै यसको खबरदारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो भने जिल्ला सदस्य जयन्द्र घिसिङले पाख्रीवास नगरसभाको विषयमा कार्यक्रमका सहभागिलाई स्पष्ट पार्दै अहिले पनि पाख्रीवास नगरपालिकाको वडा नं ५ का अध्यक्ष र सचिवले वृद्धवृद्धाको सामाजिक सूरक्षा भत्ता हिनामिना गरेको सुन्नमा आएको भन्दै यसको खोज कांग्रेसले गर्ने बताउनुभयो ।

नेपाली कांग्रेस धनकुटा नगरपालिका १ का वडा सभापति सम्शेर गोम्बाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा १ नं प्रदेश सभा सदस्य लिला सुब्बा, नगर सभापति रोशन अमात्य लगायतले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।