पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ, १२ भदौ ।पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् ।

त्यस्तै आज दुई हजार २२२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् । आजै सङ्क्रमणबाट २७ जनाको निधन भएको छ ।

अहिलेसम्म सङ्क्रमणबाट १० हजार ६९० जना निधन भइसकेका छन् । सघन उपचारकक्ष (आइसीयू)मा ६१५, भेन्टिलेटरमा १७४, होम आइसोलेशनमा ३३ हजार ८३५, संस्थागत आइसोलेशनमा तीन हजार ३१ र क्वारिन्टिनमा ३४६ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्रा र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।