इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक

विराटनगर, १३ भदौ । इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा यही भदौ ११ गते सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रसारण गरेकामा उक्त अनलाइनलाई प्रतिबन्ध गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ ।

कानुनी उपचारको बाटो हुँदाहुँदै सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भीर हनन् भएकाले अविलम्ब क्षमा माग्दै प्रतिबन्ध हटाउन महासङ्घले माग गरेको छ । अविलम्ब प्रतिबन्ध नहटाएमा महासङ्घ जस्तोसुकै कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।