मिलाप फाउण्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

ललितपुर,भदौ १३ । मिलाप फाउण्डेसनद्वारा ललितपुरको उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शनिबार ललितपुरको गोदावरी-१० चापागाउँमा रहेको श्री उदयखर्क माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि राष्ट्रखबर र कार्यक्रम व्यवस्थापन संघ काठमाडौंले सहकार्य गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर दुलालको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा १० नं. वडाका सदस्य एवम् विद्यालय व्यवस्थापन समिति चन्द्रप्रसाद न्यौपाने, प्रधानाध्यापक हरिप्रसाद काफ्ले, कार्यक्रम व्यवस्थापन संघका अध्यक्ष लबबहादुर कार्की, युवा व्यवसायी सन्तोष रिमालको आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको थियो । स्कुलका ६० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, मास्कलगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा अतिथिहरूले आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँहरूले अहिलेको यस्तो विषम परिस्थितित कारोना कहरकाबीचमा पनि मिलापले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पुर्‍याउने सबैलाई धन्यावाद दिनुभयो । उहाँले आउँदा दिनहरूमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभयो ।

गीताले फाउण्डेसनले सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरूले तयारी गरिरहेको जनाकारी गराउनुभयो । कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले समाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।