प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण पुष्टि,६ को मृ त्यु

विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, ते¥हथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४–४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २–२, हल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४–४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १–१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २–२, सुर्योदय र माईमा १–१, ते¥हथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।