झापामा एक महिलाको करेन्ट लागेर आज बिहान मृ,त्यु
झापा, १४ भदौ । अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृ,त्यु भएको छ । मृ,त्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विद्युत्को पोल मुनी मृ,त भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको, काँधको भाग डढेको देखिएको र विद्युत्का कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृ,त्यु भएको आशङ्का गरिएको हो । मृ,तकको शव परीक्षणका लागि मेची अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्..
पाल्पा, १४ भदौ । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड २४ घण्टा बित्दासमेत अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण तानसेन नगरपालिका–८ तल्लो डुम्रेको प,हिरो हटाउन समस्या भएपछि राजमार्गको पाल्पा क्षेत्र पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान खसेको प,हिरोले पाल्पा–बुटबल सडकखण्ड अवरुद्ध भएको थियो । आइतबार राति पहिरो हटाउन डोजर प्रयोग गरिए पनि भारी वर्षाका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।
आज बिहानदेखि वर्षा रोकिएकाले डुम्रेको पहिरो हटाएपछि दिउँसोदेखि नियमित रुपमा यातायातका साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँको भनाइ थियो ।


