प्रदेश १ मा आज ५७४ जनामा कोराना संक्रमण पुष्टि,१० को मृ त्यु

विराटनगर, १४ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ४८, दमकमा २८, भद्रपुरमा २०, शिवसताक्षीमा १८, अर्जुनधारामा १२, मेचीनगर र कनकाईमा १०–१०, बुद्धशान्ति र कमल गाउँपालिका ९–९, बा¥हदशीमा ४, हल्दिबारीमा २ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ४२, बेलबारीमा २२, सुन्दरहरैचामा १४, उर्लाबारीमा ६, बुढीगंगामा ५, पथरीशनिश्चरेमा ३, कानेपोखरी र ग्रामथानमा २–२, रतुवामाई र लेटाङमा १–१, सुनसरीको इटहरीमा ६६, धरानमा १९, दुहवी र इनरुवामा ३–३, रामधुनीमा २, बर्जु, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदयमा ३, देउमाई, इलाम नगरपालिका, रोङ र चुलाचुलीमा २–२, स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा ४, चौदण्डीगढीमा ३, त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाँचथरको फिदिम, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको मिक्वाखोला, ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९० महिला र १९८ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा २ महिला र ८ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।