आसन्न महाधिवेशन लक्षित १३ बुँदे भेडेटार घोषणा पत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरिय भेला सम्पन्न

भाद्र १४, धनकुटा । आगामी महाधिवेशनमा वडा देखी केन्द्रसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन नेतृत्व तहसँग माग गर्दै नेपाली कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरिय भेलाले १३ बुँदे भेडेटार घोषणा पत्र जारी गरेको छ ।

दुई दिन सञ्चालित भेलाबाट जारी घोषणा पत्रमा पार्टीको विधान र मुलुकको संविधानको प्रावधानलाई मध्यनजर गर्दै पार्टीलाई संवैधानिक र वैधानिक रुपले बचाउन र नयाँ नेतृत्व चयन गरी पार्टीलाई नविन उर्जा प्रदान गर्न, क्रियाशील सदस्यमा भएको विवादहरुलाई पार्टीको तल्लो तहबाट सिफारिस भएको आधारलाई मानी विवाद समाधान गरी आसन्न १४ औं महाधिवेशन निर्धारित मिति मै सम्पन्न गर्न जोडदार माग गरेको छ ।

पहाडी जिल्लाहरुमा राज्यको सुगम पहुँच र विकास गर्न भौगालिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरुमा प्रतिनिधि सभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन यो भेला माग गरिएको समेत घोषणा पत्रमा उल्लेख छ ।

सिंगो मुलुक कोभिड-१९ (कोरोना) बाट ग्रसित भएको र सबै नेपाली जनताले खोप समेत नपाईरहेको अवस्थामा जनताको स्वास्थ्यप्रति संवेदनशीन र जिम्मेवार भई सबैले तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न गरिएको छ ।

त्यस्तै काँग्रेस नेतृत्वमा निर्मित दलिय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकार समेत गठबन्धनकै भावना अनुरुप परिवर्तन हुने अवस्था निर्माण भएको सन्दर्भमा प्रदेश १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन कांग्रेसका १ नं प्रदेशका जिल्ला सचिवहरुले शिर्ष नेतृत्व समक्ष माग गरेका छन ।

सिंगो मुलुक विषम परिस्थितिमा गुज्रिरहेको र पार्टीले यस्तो प्रतिकुल अवस्थामा आफ्नो महाधिवेशन सम्पन्न गरी पार्टी र देशलाई नेतृत्व गर्नुपर्ने अवस्था विद्यमान रहेकाले एकताको सन्देश दिंदै महाधिवेशनमा वडा तहदेखी केन्द्रसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गरी महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन यो भेलाले अनुरोध गरेको छ भने प्रदेश १ का विभिन्न पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, विस्तार र प्रवद्र्धनका लागि ३ वटै तहका सरकार समक्ष माग गरेको पार्टीका झापा जिल्ला सचिव प्रेम सम्वाहाम्फेले वताउनु भयो ।

पार्टीमा नयां पुस्ताको नेतृत्व विकास गर्न र गतिशिल नेतृत्व प्रदान गर्न आगमी महाधिवेशन देखि लागु हुने गरी ६५ वर्षे उमेर हद कायम गर्न भनिएको छ । देशमा व्याप्त भ्रष्टचार र अनियमिततालाई पूर्ण नियन्त्रण गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई कडा कारवाही गरी सुशासन कायम गराउन,विगतमा दक्षिण एशियाकै स्वास्थ्य उपचार र अनुसन्धानमा उत्कृष्ट रहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार, विस्तार र अत्याधुनिक सुविधा सम्पन्न बनाउन,सर्वसाधरणले सर्वसुलभ स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ ।

१३ औं महाधिवेशनको विधान बमोजिमको ४ वर्षे कार्यकाल समाप्त भई डेढ वर्ष व्यतित् हुँदा समेत १ पटक पनि जिल्ला सचिवहरुको भेला आयोजना नगरेकोमा पार्टी नेतृत्वप्रति दुःख व्यक्त गर्दै अब उप्रान्त जिल्ला सचिवहरुको नियमित राष्ट्रिय र प्रादेशिक भेलाहरुको आयोजना गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यालय समक्ष भेलाले माग गरेको छ ।

स्वत: अधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई अन्त्य गरी केन्द्रीय सदस्य समेतलाई वडा देखिनै प्रतिनिधि पार्टी भित्र निर्वाचित हुदै आउनु पर्ने व्यवस्था गर्न समेत माग गरिएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

नेपाली कांग्रेसका प्रदेशका सबै जिल्ला सचिवहरु वीच आपसी सम्बन्ध, सद्भाव, एकता र सहकार्यलाई दिगो बनाउंदै आसन्न १४ औं महाधिवेशनमा एक आपसमा सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ । भेला अत्यन्तै सान्र्दभिक र महत्वपूर्ण भएकोले सवैमा नया उत्साह र जागर पैदा भएको नेपाली कांग्रेस मरोग सचिव तथा भेला व्यवस्थापक नागेश कोईरालाले वताउनु भयो ।

यसैगरी नेपाली कांग्रेस झापाका जिल्ला सचिव प्रेम सम्वाहाम्फे,सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामांङ्ग,संखुवासभाका जिल्ला सचिव निर्मला तामाङ्ग र सुनसरीका जिल्ला सहसचिव नगेशचन्द्र राई लगायतले भेलाले पार्टीको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका निभाउने वताए ।

भेलामा यूवा नेता नेविसं संघका पूर्व केन्द्रिय महामन्त्री उमेशजंग रायमाझी,नेपाली कांग्रेस धनकुटाका प्रदेश सभा १ का क्षेत्रिय सभापती जितेन्द्र राई,नेपाल तरुण दल धनकुटाका रुपेश श्रेष्ठ समेतको उपस्थिति थियो । भेलाको औचित्य पार्टीका तेह्थुम जिल्ला सचिव सन्तोष सुब्बा,संखुवासभा जिल्ला सचिव डम्वर वस्नेत,भोजपुरका जिल्ला सचिव कैशाल कुमार आले मगरले प्रकाश पारेका थिए ।

भेलामा जिल्ला सचिवहरुको अनुभव आदन प्रदान, सहकार्य तथा सहयोगको प्रारम्भ भएको उनिहरुले वताएका छन् । नेपाली कांग्रेस मोरङगका सचिव नागेस कोईरालाको संयोजकत्वमा सम्पन्न भेलामा सहभागी सचिवहरुलाई नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले स्वागत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।