अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

दमौली, १५ भदौ । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिनुभयो । जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।(रासस)

लोसपा नेपालको पार्टी कार्यालय स्थापना

सप्तरी, १५ भदौ (रासस) : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालले सोमबार राजविराजमा जिल्ला समिति सप्तरीको कार्यालय स्थापना गरेको छ । राजबिराज बजारमा लोसपा केन्द्रीय कार्यकारणी समिति सदस्यद्वय शेखरकुमार सिंह र चन्द्रकान्त चौधरीले संयुक्त रुपमा पार्टी कार्यालय उद्घाटन गर्नुभयो ।

राष्ट्रियसभा सदस्यसमेत रहनुभएका सिंहले उत्पीडित, उपेक्षित र सीमान्तकृत जनसमुदायको उत्थान तथा विभेदबाट उन्मुक्तिको अभियानमा अविचलित भई लोसपाको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । सङ्घीय सांसद रहनुभएका चौधरीले मधेसी, थारु, आदिवासी, जनजाति, मुस्लिम, दलित, खसलगायत परेका सबैको उत्थान र उन्मुक्तिको लागि लोकतान्त्रिक समाजवादी पार्टी मात्र रहेको बताउनुभयो ।

राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी स्थापनाले लोकतन्त्र, समानता, विविधता, समावेशीकरण बलियो हुँदै सबै क्षेत्र र उत्पीडित वर्गको हित गर्ने विश्वास व्यक्त गर्नुभयो । लोसपाका नेता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेता जयप्रकाश ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डलले पार्टीको प्रगतिशील अभियानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।