पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदीमा जिपलाइन

मुग्लिन, १५ भदौ । पर्यटन प्रवद्र्धनका लागि त्रिशूली नदी माथि जिपलाइन सञ्चालन गरिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने स्थानमा रिभर फन विच रिसोर्ट बुट्टारले जिपलाइन सञ्चालन गर्ने भएको हो ।

आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले रु दुई करोडको लागतमा जिपलाइन निर्माण भइरहेको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले बताउनुभयो । हाल उक्त जिपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गतेदेखि निर्माण सुरु गरिएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएपछि निर्माणमा ढिलाइ भएको प्रबन्ध निर्देशक अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार चार सय ८० मिटर लामो उक्त जिपलाइन निर्माण सम्पन्न भएपछि ३५ देखि ४० सेकेन्डमै पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुमखोलाबाट गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा रहेको रिभर फन विच रिसोर्ट पुग्न सकिनेछ ।

गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना मगरले जिपलाइन निर्माणसँगै आन्तरिक पर्यटनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँको पर्यटन विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । गाउँपालिकाले सबै प्रकारको व्यवसाय सञ्चालनका लागि सुरक्षालगायत सबै सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

चितवनको इच्छाकामना–३ का स्थानीयवासी प्रमोद पोखरेलले जिपलाइन सञ्चालनपछि गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाकामा विशेषगरी आन्तरिक पर्यटकहरुको आवागमनमा वृद्धि हुने बताउनुभयो ।

यसैबीच रिसोर्टको कम्पाउन्डमा स्काई रोप साइक्लिङ पनि निर्माण थालिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो । ८५ मिटर लामो उक्त स्काई रोप साइक्लिङले पर्यटकलाई थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित त्रिशूली नदी किनारमा रहेको रिभर फन विच रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेको रिसोर्ट हो । रिभर फन विच रिसोर्टले पर्यटकका लागि ¥याफ्टिङ, पौडी, डिलक्स सफारी, टेन्टलगायत सुविधा दिँदै आएको छ । जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालन भएपछि पर्यटकहरुको आवागमनमा वृद्धि हुने उहाँको भनाइ छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।