पुलको जग नै भत्किन थालेपछि त्रास बढ्यो

गण्डकी, १५ भदौ । वर्षासँगै खोलाले गरेको कटान र माटो खस्ने क्रम बढेपछि कास्कीको पोखरा महानगरपालिका–३२ मालेपाटन र तनहँुको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने झोलुङ्गे पुलको जग नै भत्कन थालेको छ ।

गत वर्षदेखि नै जोखिममा परेको सो पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा पुलको जग नै भत्कन थालेपछि आवतजावतमा समेत असहज भएको छ । सेराबँेसी युवा क्लबका पूर्व अध्यक्ष एवं सेराबँेसी टोल विकास संस्थाका सचिव किशोर घिमिरेका अनुसार केही दिनयताको लगातारको वर्षासँगै कटान र माटो झर्ने क्रम निरन्तर हुँदा पुलको मालेपाटनतर्फको जग नै धरापमा परेको छ ।

जग नै भत्कन थालेपछि आवतजावत गर्नसमेत त्रास भएको बताउँदै उहाँले यसतर्फ तत्काल राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । हरेक वर्ष खोलाले पुलको किनारा कटान गर्दै गएको भए पनि यसतर्फ खासै चासो नदिएका कारण थप जोखिम बढेको जानकारी दिँदै उहाँले जोखिमका बाबजुद विकल्प नै नभएपछि सर्वसाधारण आवतजावत गर्न बाध्य भएको बताउनुभयो ।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित पुलको लम्बाइ ११९ मिटर छ । कूल रु ४१ लाख २५ हजार ५२८ लागतमा बनेको पुल बर्सेनि फुस्रेखोलामा अविरल वर्षासँगै आएको बाढीले कटान गरेपछि जोखिममा पर्दै गएको हो । कास्की पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकलगायतका स्थानका बासिन्दाका लागि आवतजावतमा बहुउपयोगी बनेको पुल जोखिममा परेका कारण तत्काल अन्य वैकल्पिक उपायको खोजी हुनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

कास्कीको मालेपाटनतर्फको पुलको जगमा धेरै समस्या देखिएको बताउँदै उहाँले यस सम्बन्धमा कास्कीको पूर्वाधार विकास कार्यालयका साथै सम्बन्धित जनप्रतिनिधिलाई समेत जानकारी गराइएको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रवीचन्द्र पौडेलले जानकारी दिनुभयो । पुलको अभावमा मालेपाटनका साथै तनहुँका सेराबेँसीलगायतका यस क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित हुने भएकोले यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक भएको उहाँले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।