भरियाका भरमा नूनतेल

बलेवा, १५ भदौ । जैमिनी नगरपालिका– १ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले तीन दिनयाता दिनभर कुश्मा–कैया झोलुङ्गे पुलको बाटो खाद्यान ओसार्नुभयो । कैयातर्फ रहेको पिकअप भ्यान नभरिने बेलासम्म आचार्यले नूनतेल, चामल र दैनिक उपभोग्य वस्तु बोकेर पुलमा ओहोरदोहोर गरिरहनुभयो ।

आफूसँगै केही मजदुर लगाएर कुश्माबाट कैया पु¥याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन् । सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नूनतेल पु¥याइएको छ । असार १ गतेको भारी वर्षापछि बागलुङ नगरपालिका– १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो । सोही दिन पहिरोको सिकार बनेको कालीगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन् ।

दक्षिण जोड्ने सबै सडक वर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुङ्गे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याएका हुन् । आचार्य मात्रै होइन, दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पु¥यारहेका छन् । लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका– ९ का व्यवसायी राजु शर्मा बताउनुहुन्छ ।

करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ । आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटो हुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो सुनाउनुभयो ।

सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक दुई हजार लिटर दूध महँगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पु¥याउने गरिएको छ । पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दूध दुवैको मूल्य महँगो पर्ने उपभोक्ताको गुनासो छ । बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।