मन्त्री विजय यादवले आज पदभार ग्रहण
धनुषा, १६ भदौ ।प्रदेश २ को अर्थ मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री विजय यादवले आज पदभार ग्रहण गर्नुभएको छ।
यादवले आज जनकपुरधामको मुरली चोकस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेर पदभार सम्हाल्नु भएको हो ।सो अवसरमा मन्त्री यादवलाई मन्त्रालयका सचिव र अन्य कर्मचारीहरुले स्वागत गरेका थिए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो ।
मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।
अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्री साहले १४ भदौमा पदभार ग्रहण गरी सक्नुभएको छ ।


