प्रदेश १ मा आज ३८७ जनामा कोरोना संक्रमण पुष्टि,६ को मृ त्यु

विराटनगर, १६ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको दमक र भद्रपुरमा १५–१५, मेचीनगरमा १२, शिवसताक्षीमा ११, विर्तामोडमा १०, कनकाईमा ९, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ५, गौरादह र बाहृदशीमा ३–३ , बुद्धशान्ति, हल्दिबारी र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगरमा ३४, बेलबारीमा १७, सुन्दरहरैचामा ६, उर्लाबारीमा ५, बुढीगंगामा ३, कानेपोखरीमा २, पथरीशनिश्चरे, ग्रामथान, केराबारी, कटहरी, रंगेली र मिक्लाजुङमा १–१, सुनसरीको इटहरीमा ३०, धरानमा २१, इनरुवामा ३, दुहवीमा २, बराहक्षेत्र, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, इलामको इलाम नगरपालिकामा ६, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर जोरपाटीमा १, भोजपुरको भोजपुर नगरपालिकामा ३, ताप्लेजुङको मिक्वाखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।