कांग्रेस धनकुटाको वडा अधिवेशन ६० वटै वडामा एकै दिन हुने
धनकुटा,भाद्र १७ । नेपाली कांग्रेस धनकुटाको जिल्ला समितिको बैठकले १४ औ महाधिवेशन अन्तर्गत जिल्लाको ६० वटै वडाहरुको अधिवेशन भाद्र २१ गते एकै दिन गर्ने निर्णय गरेको छ ।

पार्टीका जिल्ला सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न वृहत बैठकले केन्द्र वडा अधिवेशन भाद्र १८ गते,पालिकाको भाद्र २७ गते,क्षेत्रिय सभा निर्वाचिन क्षेत्रिय कार्य समितिको अशोज १ गते ,एक प्रतिनिधि सभा निर्वाचिन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन अशोज ५ गते गर्ने निर्णय गरेपनि वर्षाले सडक अवरुद्ध गरेको र समायोजनको क्रियाशिल सदस्य पनि सम्पूर्ण केन्द्रबाट आईनपुगेकेको र समयको अभावका कारण वडा अधिवशेन भाद्र २१ गते र अरु तहको अधिवेशन केन्द्रले तोके बमोजिमनै गर्ने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती पौडेलको संयोजक र जिल्ला सचिव राई सदस्य सचिव रहनेगरी सवै जिल्ला कार्य समितिका सदस्यहरु महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि,भातृ तथा सुबेच्छुक संस्थाका अध्यक्षहरु रहनु भएको मुल महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
यसैगरी पार्टी जिल्ला उपसभापती नविन किशोर शाक्य संयोजक रहनु भएको आवास तथा भोजन व्यवस्थापन उपसमिति र उपसभापती शाक्यकै संयोजकमा सदस्य सचिव विजय सन्तोषी राई,निर्मल ओझा सदस्य रहनु भएको दस्तावेज तथा प्रतिवेदन तयारी समिति गठन गरेको छ ।
यस्तैगरी नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव संयोजक रहनु भएको महाधिवेशन आयोजक समितिको सचिवालय व्यवस्थापन तथा प्रचार प्रसार समिती र जिल्ला कोषाध्यक्ष तथा तरुण दल धनकुटा जिल्लाका अध्यक्ष दिनेश राईको संयोजकत्वमा आर्थिक तथा स्वयम सेवक व्यवस्थापन समिति गठन गरेको छ ।

जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रले अधिवक्ता विकम राईलाई खटाएको र उहाले धनकुटा जिल्लामा जिल्ला पार्टी संग समन्वय गरी धनकुटा जिल्लाको ६० वटै वडा अधिवेशन सम्पन्न गर्न मतदान अधिकृत नियुक्ती गरी खटाई सक्नु भएको जनाईएको छ ।
बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेस सभा संसाद लिला सुब्बा लगायत पार्टीका पदाधिकारीहरु,जिल्ला सदस्यहरुले समेत आ आफ्नो धारणा राख्दै महाअधिवेशनमा नेतृत्व सर्वसम्वत गरेर एकताको महाधिवेशनको सन्देश दिनु पर्नेमा जोड दिनु भएको छ ।


