मोरङ व्यापार सङ्घले पुलको मरमत गर्न माग

विराटनगर, १७ भदौ । मोरङ व्यापार सङ्घले हाटखोलास्थित सिङ्घीया पुलको तत्काल मरमत गर्न सरकारको विभिन्न निकायलाई आग्रह गरेको छ ।

विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रङ्गेली सडक खण्डमा अवस्थित सो पुल विगतका बाढीका कारण जीर्ण बनेको बताइएको छ ।

सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उक्त पुल जर्जर अवस्थामा पुगेकाले समयमै मरमत गर्न सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षित गराउनुभएको छ ।

सो सडक खण्डमा मालबाहक र सार्वजनिक सवारीसाधनको आवागमनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको जनाउँदै उहाँले उक्त पुलको जीर्ण अवस्थाका कारण दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरीे समयमै मरमत गर्न माग गर्नुभयो ।

उहाँले यसका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदेश नं १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गर्नुभएकोे छ ।

सङ्घले व्यावसायिक एवं व्यापारिक महत्व राख्ने पुलको समयमै सुधार एवं मर्मतभएमा यस प्रदेशकै आर्थिक क्रियाकलापमा वृद्धि हुने जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।