शिक्षामा समाजको योगदान ः प्रदेश प्रमुख गुरुङ

गण्डकी, १७ भदौ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शैक्षिक विकासमा समाजको योगदान उल्लेख्य रहेको बताउनुभएको छ ।

पृथ्वीनारायण क्याम्पसको ६२औँ वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले शैक्षिक विकासमा गरिएकोे लगानीबाट अहिले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्दै आएको बताउनुभयो ।

प्रदेश प्रमुख गुरुङले यस क्याम्पसको शैक्षिक एवं भौतिक विकासमा अझै सबैको साथ र सहयोग भए आर्थिक स्रोत न्यून भएका विद्यार्थीका लागि उच्च शिक्षा आर्जन सहज हुनेमा जोड दिनुभयो ।

क्याम्पसका संस्थापक जर्ज जोनले यसको स्थापना एवं सञ्चालनमा तत्कालीन शिक्षाप्रेमीलगायत स्थानीयवासीको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्नुभयो ।

क्याम्पस प्रमुख प्रा डा सरोज कोइराला र व्यवस्थापन सङ्काय प्रमुख डा नीरबहादुर कार्कीले क्याम्पसको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।प्रदेश प्रमुख गुरुङले क्याम्पस हातामा स्थापना गरिएको स्मृति भवन पनि अवलोकन गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।