विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १७ भदौ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्ष,ति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भन्नुभएको छ ।

तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको हो ।

तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको–११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, उहाँले भन्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको–२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराउनुभयो । उहाँले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्नेखोलाले ३–०१–०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका–१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।