दशैंपछिबाट ‘गोर्खा वारियर–२’ को छायाँकन सुरु

काठमाडौं, १७ भदौ । ‘गोर्खा वारियर–२’को बाँकी छायांकन दशैं पछिबाट बेलायतदेखि सुरु हुने भएको छ । यो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यस अघि रोकिएको थियो । यो चलचित्रको अब बाँकी छायाँकन आगामी–१९ अक्टुबरदेखि सुरु हुने यसका निर्माता निर्देशक मिलन चाम्सले बताएका छन् ।

बेलायतबाट नेपाल फर्किएका निर्देशक चाम्सले भने,‘अब बेलायत, भारत लगायतका देशमा अबको बाँकी छायाँकन सम्पन्न गर्दैछु । त्यसको लागि आबस्यक सबै कुरा मिलाएर नेपाल फर्किएको हुँ ।’

यो चलचित्रको छायाँकनको लागि लण्डन तथा भारतदेखि ल्याउनुपर्ने केहि प्राविधिक सामाग्री आगामी २ हप्ताभित्रै नेपाल आइपुग्ने र त्यसपछि छायांकनको तयारीमा जुट्ने पनि उनले बताएका छन् ।

चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले आफुले गोर्खा वारियर–२ छायांकन सुरु गरेको निर्देशक चाम्सले बताए । अब सिनेमा हलमा पनि गोर्खा वारियर २ रिलिज भएपछि मात्र गोर्खा वारियरको निर्माण सुरु गर्ने पनि उनले बताएका छन् ।

केहि महिनाअघि काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको थियो । त्यसपछि सोलुखुम्बु सहित नेपालका केही स्थानमा यो चलचित्रको छायाँकन गरिएको थियो ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रमा सहनिर्माताको रुपमा सुरेश राई र पूर्ण लिम्बू छन् । चलचित्र नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ ।

गोर्खा वारियर २ मा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको अभिनय रहने छ । रितेस चाम्सले नवनायकका रूपमा यो चलचित्रबाट डेब्यु गर्दै छन् ।

गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई चलचित्रमा उतार्न लागिएको उनको भनाई छ ।

यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।