शिलास्मा फाउन्डेसनद्धारा तीज विशेष कार्यक्रम

काठमाडौं, १७ भदौ । शिलास्मा फाउन्डेसनले १० जना जेहन्दार तथा विपन्न महिलाहरुलाई तीन महिने ब्युटिसियन प्रशिक्षण दिएको छ । उनीहरुलाई बुधबार काठमाडौंमा एक समारोहबीच ब्युटिसियन बेसिक कोर्ष सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरियो ।

शिलास्मा फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको प्रमाणपत्र प्रदान, फेशन सो तथा तीज दर कार्यक्रम २०७८ मा माईती नेपालकी अध्यक्ष अनुराधा कोईरालाले यी प्रशिक्षार्थीहरुलाई ब्युटिसियन उतिर्णको प्रमाणपत्र प्रदान गरिन् । आफ्नो फाउन्डेसनको तर्फबाट विभिन्न महिलालाई ब्युटिसियन सम्बन्धि सिप सिकाएर शिलास्मा हमालले उनीहरुलाई आत्म निर्भर बन्न सहयोग पु¥याएको कोईरालाले सो कार्यक्रममा बताईन् ।

काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्र तथा रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट उनीहरुले तीन महिनाको बेसिक कोर्ष सम्पन्न गरेका हुन् । यसरी बेसिक कोर्षसम्पन्न गरेर प्रमाणपत्र प्राप्त गर्नेहरुमा कल्पना कुमाल, ममता शाह, मन्दिरा शाही, लिला कुमारी सुनुवार, रञ्जु थापा, सुरती बराल, रस्मिता लामा श्रेष्ठ, सृजना राई, सुनिता राना र निसान रुम्बा थिए । उनीहरुलाई रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले तीन महिने ब्युटीसम्बन्धि प्रशिक्षण दिएकी थिईन् ।

सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले शिलास्मा फाउन्डेसनले समाजमा उदाहरणीय काम गरेको बताईन् । सामाजिक अभियान्ताको रुपमा परिचित शिलास्माले लामो समयदेखि गरिब दुःखी बिपन्नहरुलाई सहयोग गर्दै आएको, धेरैले सिप प्रशिक्षणको व्यबस्था गरेर आत्म निर्भर तुल्याएको पनि बरिष्ट व्युटिसियन सोनीले कार्यक्रममा बताईन् ।

तीज दर तथा प्रमाणपत्र प्रदान कार्यक्रममा विभिन्न व्यक्तलाई शिलास्मा फाउन्डेसनका तर्फबाट सम्मानित गरियो । सम्मानित हुनेहरुमा शसस्त्र प्रहरी बल महिला परिवारकी अध्यक्ष सरिता कँडेल खनाल, प्रहरी उपरिक्षक डा. सौजन्य कर्माचार्य, प्रहरी नायव उपरिक्षक उर्मिला गुरुङ थिए । यस्तै फेशन डिजाईनर गोमा अधिकारी धिताल, तारा राणा, दिब्य ठकुरी, निर्माला शर्मा, पेमा लामालाई पनि कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा तीज स्पेशल फेशन सो गरिएको थियो । उषा खड्गीले तयार परेको तिज स्पेशल पहिरनमा सजिएर रोज सिप विकाश तालिम केन्द्रका एक दर्जन विधार्थीहरु ¥याम्पमा उत्रिएका थिए । फेशन सोको शोस्टपरको रुपमा पूर्व मिस नेपाल उषा खड्की थिईन् । यस्तै सो कार्यक्रममा विधाथीहरु पनि कोभिको भ्याक्सिन हामीलाई लगाउ र अनलाईन क्लास बन्द गर लेखिएको प्लेकार्ड सहित ¥याम्पमा उत्रिएका थिए । उनीहरुको फेशन सो पनि आकर्षक थियो ।

कार्यक्रममा आयोजक शिलास्मा हमालले लायान्सका विभिन्न पदाधिकारी, विभिन्न व्युटिसियन, कस्मेटिक व्यबसायी, सहयोगीहरुलाई मायाँको चिनो प्रदान गरिन् । उनले कार्यक्रममा आर्थिक रुपमा विपन्न एक किशोरी आमालाई आर्थिक सहयोग पनि गरिन् । शसस्त्र प्रहरीका कलाकार र रोज सिप विकाश तालिम केन्द्रका विधार्थीहरुले विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए ।

यस्तै शिलास्माले कार्यक्रममा बोल्दै समाजमा रहेको विपन्नहरुका लागि केही गरौं भनेर शिलास्मा फाउन्डेसन स्थापना गरेको बताईन् । यो फाउन्डेसनबाट १० जनालाई ब्युटिसियन सम्बन्धि प्रशिक्षण दिएको र अन्य विभिन्न कार्य पनि गर्दै आएको उनले जानकारी गराईन् ।

अग्रज ब्युटिसियन सिता पाठकले शिलास्माको सामाजिक कार्यको प्रसँसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरिन् । कार्यक्रमको अन्त्यमा तीजको दर खाँदै महिला दिदी बहिनीहरु नाचगानमा रमाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।