राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ११ सुत्केरीको उद्धार

डोटी, १८ भदौ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार विसं २०७५÷७६ देखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमअन्तर्गत यही भदौ ६ गते एकै दिन दुई गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो ।

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जो’खिममा परेका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अ’कालमै ज्यान गुमाउनु नपरेको पत्रकार विष्णु भण्डारीले बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।